ललितपुर । नेपाली कांग्रेसले देशभर जारी रहेको सक्रिय सदस्यता अद्यावधिक (नवीकरण) अभियानलाई थप समय दिएको छ। पार्टीको केन्द्रीय कार्यालय मा हिजो सप्पन्न बैठक ले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सक्रिय सदस्यता अद्यावधिक गर्ने म्याद आगामी जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तहबाट समय अपुग भएको जानकारी प्राप्त भएपछि म्याद थप्ने निर्णय गरेको जनाएको छ ।
नेपाली कांग्रेसका अनुसार पछिल्ला दिनमा सक्रिय सदस्यता अद्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । यद्यपि, केही स्थानमा अझै सदस्यता नवीकरण प्रक्रिया सम्पन्न हुन बाँकी रहेकाले सम्बन्धित सदस्यहरूलाई सहजता प्रदान गर्न समय थप गरिएको हो ।
समितिले तोकिएको नयाँ अवधिभित्र आफ्नो सक्रिय सदस्यता अद्यावधिक कार्य अनिवार्य रूपमा सम्पन्न गर्न सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ । काग्रेस नेता हरु को अनुसार हालसम्म ४ लाखले मात्रै सदस्य अध्वाधिक गरेका छन ।
प्रतिक्रिया दिनुहोस