२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमालेले बनायो आगामी निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।

मंगलबार बसेको सचिवालय बैठकले ७ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको छ ।

जसमा संयोजक अध्यक्ष केपी शर्मा ओली रहेका छन् । सदस्यमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल मस्यौदा समिति सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट