काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रुपमा अघि बढाउने बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसँग सहकार्य हुँदा उच्चतहको समझदारी र सहकार्य नहुँदा एक्लै चुनावमा होमिने उनले बताए ।
बस्नेतले मुलुकलाई निकास दिनका लागि ठूला दलहरु मिल्दा घोषित मितिमा निर्वाचन हुन नदिने आशंका कायमै रहेको धारणा राखे ।
मुलुकमा वैदेशिक षडयन्त्रणलाई पूर्णरुपमा निस्तेज पार्नका लागि भएपनि एमाले, कांग्रेस र नेकपाबीच सहकार्य हुनुपर्ने बिचारहरुपनि एमालेभित्र रहेको उनको भनाइ छ । उनले अहिलेको अवस्थामा पार्टीलाई समेत एकजुट बनाएर जनतामाझ जानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस