काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपा नेता बालेन शाहले जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगलाई लिखित बयान दिएका छन् ।
बालेनले गत भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाएका हुन् । आयोगले प्रश्नहरू पठाएपछि शाहले पनि लिखित जबाफ पेस गरेका हुन् ।
यससँगै, आयोगले बयान लिने काम सकेको छ । आयोगले बयान लगायतका काम सकेर अब प्रतिवेदन लेखनको काम अघि बढाएको छ ।
आयोगले सुरुमै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने लगायतसँग बयान लिएको थियो ।
केही दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पनि बयान लिएको थियो ।
प्रतिक्रिया दिनुहोस