२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

मंगलवार , पौष २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार र पार्टी समायोजन उपसमिति विस्तारलगायत विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

सो बैठकमा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन र समानुपातिक उम्मेदवारको परिचालन कार्यविधिबारे पनि छलफल हुँदैछ ।

त्यसैगरी निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनका विषय बैठकको कार्यसूचीमा समावेश छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट