२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

काठमाडौं–४ मा गगन थापालाई नेकपाका युवा नेता इन्द्र भुसालको चुनौती

बुधवार , पौष २३, २०८२

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा युवा नेता इन्द्र भुसाल ले नेपाली कांग्रेसका महामन्त्री गगन थापा लाई प्रत्यक्ष निर्वाचनमा चुनौती दिने भएका छन्। भुसाललाई नेकपा काठमाडौं–४ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा शिफारिस गरिएको छ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका भुसाल काठमाडौं–४ क्षेत्रमा समाजसेवी नेताका रूपमा समेत परिचित छन्। उनले चाबहिलस्थित पशुपति क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

२०५९ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका भुसाल २०६२ सालमा पशुपति क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को सह–सचिव र २०६५ सालमा उपसभापति पदमा निर्वाचित भएका थिए।

उपत्यकाको विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट राजनीति गर्दै आएका भुसाल अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य, सचिव तथा वरिष्ठ उपाध्यक्ष हुँदै पछिल्लो समय साविक माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश उपाध्यक्ष को जिम्मेवारीमा रहेका छन्।

राजनीतिसँगै भुसाल भूकम्प, कोरोना महामारी तथा बाढी–पहिरोका बेला काठमाडौंसहित देशका विभिन्न भागमा सक्रिय रूपमा राहत तथा समाजसेवामा संलग्न हुँदै आएका नेता हुन्।

आगामी निर्वाचनमा काठमाडौं–४ मा युवा नेतृत्वबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट