शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

के हो कानको मैलोको काम ? कसरी सफा राख्ने ? 

के हो कानको मैलोको काम ? कसरी सफा राख्ने ? 

एजेन्सी । कानेगुजी वा कानको मैलो, केही मानिस यसलाई घिन मान्छन् । तर कानको मैलो हाम्रो शरीरबाट निस्कने एउटा प्रकृतिक चुहावट हो जसले महत्वपूर्ण काम गर्छ । त्यही भएर यो मैलो सफा राख्ने कुरालाई हल्का रुपमा लिनु हुँदैन । विशेषज्ञहरु भन्छन्, ‘कानको मैलो यस्तो पदार्थ हो जुन भित्र रहेको ग्रन्थीमा उत्पादन हुन्छ र यसको धेरै काम हुन्छ ।’ 

कानको मैलोको काम 

  • यसले हाम्रो कानलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ,

  • यसले कानको नहरमाथिको सतहमा सुख्खा र दरार हुन रोक्छ,

  • यसले कानलाई धुलो कण र पानीबाट बताउँछ जसले संक्रमण रोक्न मद्दत गर्छ,

  • धेरै जसो समय, हाम्रो कानको नहरले आफ्नै सफाई गर्छन्।

कानको मैलो कतिबेला समस्या बन्छ ? 

जब हामी बोल्छौं, केही चपाउँछौं, बंगारो घुमाउँछौ तब कानेगुजी र छालाको कोष विस्तारै कानको पर्दाबाट कानको प्वालतिर सर्छ । जहाँ यो सामान्य तरिकाले सुकेर बाहिर निस्कन्छ । 

कानेगुजी वा कानको मैलो सामान्यतया केही समस्या होइन । तर यो धेरै मात्रामा बन्न थाल्यो भने यसले कानमा दुखाई हुने र केही समयमा कानको सुन्ने क्षमता कमजोर हुन सक्छ । 

बजारमा कानको फोहोर हटाउने दाबीसहित केही सामान पाइन्छ । तर चिकित्सकको सल्लाह बिना ति समग्री प्रयोग गर्न हुँदैन । 

Ear 1.jpg

कटन बड्स 
जब हामी आफ्नो कानलाई औंलाले सफा गर्न खोज्छौं तब समस्या सुरु हुन थाल्छ । घाउमा पट्टी बाध्ने कपडाको सहयोगमा कपासले सफा गर्दा जोखिम हुन्छ । तर धेरै मानिसले यसो गर्न थालेको पाइएपछि घाउमा पट्टी बाध्ने कपडा निर्माण गर्ने कम्पनीले कानको फोहोर निकाल्न प्रयोग नगर्न सुझाव दिएको छ । 

इयर ड्रप्स 
धेरै मानिसले कान सफा गर्नको लागि इयर ड्रप्सको प्रयोग गर्छन् । इयर ड्रप्सले कानको मैलो नरम गरेर आफै बाहिर निकाल्छ । बजारमा केही प्रकारको इयर ड्रप्स पाइन्छ । तर संवेदनशील छाला भएको व्यक्तिमा यसको प्रयोगले पोल्ने समस्या देखिन्छ । यसको सट्टा जैतून र बदमको तेलको थोपा अरु महंगो औषधिको तुलनामा प्रभावकारी मानिएको छ । 

पानीबाट सफाई 
लगातार कानेगुजीको समस्या भएका व्यक्तिलाई डाक्टरले पानी हालेर सफा गर्न पनि सुझाव दिन्छन् तर यसले कामको पर्दामा क्षती गर्ने जोखिम हुन्छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend