२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता

बुधवार , पौष २३, २०८२

जनकपुरधाम । राष्ट्रियसभा सदस्य पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मनोनयन दर्ता गराएका छन् ।

उनले आज जनकपुरधामस्थित मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारी रहेका यहाँस्थित निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीले जानकारी दिए । उनका अनुसार उक्त पदका लागि मधेसको प्रदेशसभातर्फ १०४ जना र स्थनीय तहतर्फ २६६ मतदाता रहेका छन् ।

ठाकुरको उम्मेदवारी पछि सोही पार्टीका नेता शरतसिंह भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससँग सहमति गरी सोही आधारमा उम्मेदवारी दिइएको जानकारी दिए ।

मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यको चार वटा रिक्त पदका लागि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट