२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

इक्यानमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा लक्ष्मण पौडेल ‘एन्ड्रियु’ निर्वाचित

मंगलवार , पौष २९, २०८२

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

गए राति सम्पन्न निर्वाचनमा सस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी भएका छन् ।

यसैगरी सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी विजयी तथा सह–कोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन् । सदस्यहरुमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भएका छन् ।

निर्वाचित नेतृत्वलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना दिए । साधारणभाको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट