२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

शुक्लागण्डकी हत्या प्रकरणमा संलग्न एक जना पक्राउ

बुधवार , पौष ३०, २०८२

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् ।

गत शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । उक्त प्रकरणमा मङ्गलबार एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने गरेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छ भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट