logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सर्पदंशबाट जोगिन र सर्पले टोकिहाले के गर्ने  ?

    सर्पदंशबाट जोगिन र सर्पले टोकिहाले के गर्ने  ?

    2.9K
    Shares

    काठमाडौं । पछिल्लो समय कोरोना महामारी र बाढीपहिरोको विपदकाबीच सर्पदंशको जोखिम समेत बढ्दै गएको छ । नेपालमा पाइने सर्पहरु मध्ये गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता सर्पहरु विषालु सर्पमा गनिन्छन् । यस्तोमा सर्पको टोकाइबाट बच्न र टोकिहाले के गर्ने भन्नेबारे जान्नु अति अवाश्यक हुन्छ । 

    सर्पदंशबाट जोगिन के गर्ने ?
    रातिमा हिँड्नु परेमा टर्च लाइट लिएर हिँड्ने ।
    जुता वा गम बुट लगाउने । 
    खुट्टा राम्ररी छोप्ते बाक्लो प्यान्ट लगाउने । 
    घर वरपरको घाँसपात काटेर सफा राख्ने ।
    काठ, ढुङ्गा, टुटेफुटेका सामानको थुप्रो हटाउने । 
    जमिनका दुलाहरु टाल्ने । 
    पराल, दउारा आदि तान्न जाँदा होसियारी अपनाउने । 
    सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने । 
    झुल टाँगेर सुत्ने । 
    सर्प देखे टाढै रहने । 
    सर्पले टोकिहाले के गर्ने ?
    डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने ।
    सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने नगर्ने ।
    कुनै पनि मलम, रासायिन पदार्थ, तातो चिसो प्रयोग नगर्ने ।
    बिरामीको आत्मविश्वास कायम राख्ने
    सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।
    बिरामीलाई जतिसक्दो चाँडो अस्पताल वा सर्पदंश केन्द्र पुर्याउने ।
                      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend