जापान । एनआरएनए जापानको युवा संयाेजकमा राजेश खनालले उम्मेदवारी दिएका छन् । आप्रवासी जीवन बिताइरहेकाहरुका समस्या समाधानका लागि उनले आफ्नाे उम्मेदवारी रहेकाे बताएका छन् ।
उनले यसअघि माया र विश्वास गरेर सन् २०१९-२०२१ को कार्यकालका लागी एनआरएन जापान च्याप्टरको सदस्य पदमा विजय गराउनु भएकोमा आभार पनि प्रकट गरेका छन् । उनले आगामी दिनमा गलत प्रवृतिहरुलाई पराष्त गरी दु:ख तथा आपत परेका बेला सहयोगमा जुटी अझ राहत, भरोषा आत्मीयताको संगठन र छवी निर्माण गर्नु पर्ने पनि बताएका छन् ।
‘यसभित्र अरु धेरै सुधार गर्नुपर्ने आवस्यकता छ ।’ उनले भनेका छन् ‘यसभित्र भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द मैले निरन्तर रुपमा आवाज उठाउँदै आएको छु । मैले आफ्नो शरिर र समयले साथ दिएसम्म पदमा भए पनि नभए पनि आवाज उठाइ नै रहनेछु ।’
उनले एनआरएन संगठनमा संगठनले केही काम गरेको तर अझ धेरै काम गर्न बाँकी रहेकाे पनि बताएका छन् । उनले यसभित्र केहि खराबी मौलाउँदै गएको पनि देखिएको र आगामी दिनमा यी कुराहरुमा सुधार ल्याउने प्रतिबद्धता पनि जनाएका छन् । उनले आफूलाई सबैले साथ दिने विश्वास पनि व्यक्त गरेका छन् ।
एनआरएनए को अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई नेतृत्व दिन आफू सक्षम रहेकोल बताउँदै उनले साथ र सहयोगका लागि अपिल समेत गरेका छन् ।