
भारतमा एउटा रुखमा १२१ किसिमको आँप फलेको छ ।
उत्तर प्रदेशको सहारनपुरमा एउटा आँपको रुखमा १२१ किसिमको आँप फलेको भारतीय संचार माध्यमले जनाएका छन् ।
कम्पनी बाग इलाकामा लगाइएको यो आँपको रुख १५ वर्ष पुरानो हो ।
पाँच वर्षअघि वैज्ञानिकले यो रुखमा नयाँ किसिमको आँप फलाउन खोजेका थिए ।
उनीहरुको त्यो प्रयोग अहिले देखिएको अनुमान गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend