logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • उराठ डाँडामा चौतारी चिन्दै, रुख रोप्दै अक्कल

    उराठ डाँडामा चौतारी चिन्दै, रुख रोप्दै अक्कल

    1.6K
    Shares
    उराठ डाँडामा चौतारी चिन्दै, रुख रोप्दै अक्कल

    मुगु – लामो समय देखी स्पेनमा बस्दै आएका अक्कल बोहोरा यतिबेला आफ्नो जन्मभुमी हरीयाली बनाउन र त्यहिँ हरीयाली भित्र लोप हुन् लागेको चौतारी बनाउन व्यस्त छन्।

    देश छोडेदेखि नै मुगालीको सुखको भन्दा दुखको साथी बन्दै आएका उनले प्रवासमा दुख गरी कमाएको पैसा समय समयमा गाउँ ठाउँमा सहयोग गर्दै आएका थिए। अघिल्लो बर्ष त्यसलाई अझै औपचारीक ढंगले अगाडी बढाउन अक्कल कोपिला फाउन्डेसन नै दर्ता गरेर स्पेन फर्किए ।

    छोटो समय मिलाएर देश फर्किंदा उनले गाउँ ठाउँको लागीको सम्झन लायक केहि न केहि काम गरेरै फर्किन्छन त्यसकै निरन्तरता हो अहिलेको बृक्षरोपण र चौतारी निर्माण।

    मुगुको छायांनाथ रारा नगरपालिका १३ थार्प गाउँ जन्मीएका उनले अहिलेसम्म समाजसेवाको रुपमा आफ्नो जन्मभुमी प्रति देखाएको आगाध माया सद्भाव र सहयोग त्यस क्षेत्रकै लागी उदाहरणीय छ ।

    स्पेनमा पुगेर पनि मुगुको पहिचान रारा ताल र त्यसकै नामबाट रारा होटल संचालन गर्दै आएका उनले त्यहाँ दुखले कमाई गरेर यहाँका दुखी गरीवलाई सहयोग गर्दा गर्व लाग्ने त्यहाँका स्थानीयहरु बताउछन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend