logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • मतदान शान्तिपूर्ण, इलाममा आजै गणना, बझाङमा आइतबार १० बजे मतपेटीका पुग्ने

    मतदान शान्तिपूर्ण, इलाममा आजै गणना, बझाङमा आइतबार १० बजे मतपेटीका पुग्ने

    2K
    Shares
    मतदान शान्तिपूर्ण, इलाममा आजै गणना,  बझाङमा आइतबार १० बजे मतपेटीका पुग्ने

    काठमाडौँ । इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ छ ।

    मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ । हालसम्मको विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा करिब ५८ प्रतिशत र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा करिब ५० प्रतिशत मतदान भएको छ ।

    उक्त उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा एक लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

    मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का मतपेटिका मतगणना स्थल इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११ः०० बजेभित्र आइपुग्ने छन् ।

    यसैगरी बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणना स्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिने जनाइएको छ ।

    निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

    आयोगले मतगणनाको कार्यमा समेत सबै सरोकारवालाको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास राखेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend