logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • जुवा खालमा प्रहरीको छापा, एक लाख १३ हजार ५०० रकम सहित जुवाडे पक्राउ

    जुवा खालमा प्रहरीको छापा, एक लाख १३ हजार ५०० रकम सहित जुवाडे पक्राउ

    1.7K
    Shares
    जुवा खालमा प्रहरीको छापा, एक लाख १३ हजार ५०० रकम सहित जुवाडे पक्राउ

    काठमाडौँ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–९ श्रीजना टोलमा जुवा खेलीरहेका केही व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले जुवाखालबाट रु एक लाख १३ हजार ५०० सय रकम सहित जुवा खेलीरहेका केही व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ ।

    काठमाडौँ टोखा नगरपालिका–९ श्रीजना टोलमा रहेको हरी श्रेष्ठको घरको दोस्रो तल्लामा जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्री सहितको प्रहरी टोलीले उक्त रकम सहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेकाहरुको साथबाट (जुवा खालबाट बरामद हुन आएको) जम्मा नगद रु एक लाख १३ हजार ५००, जुवामा खेल्न प्रयोग गरिएका बिभिन्न रङगको क्वाइन थान १०९ तथा जुवा खेल्न प्रयोग गरिएका खुल्ला अवस्थामा रहेका तास बुक थान ४ समेत प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान कार्य भई रहेकाले उनीहरुको नाम सार्वजनिक नगरिएको प्रवक्ता अधिकारीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend