शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एनआरएनए जापानको उपाध्यक्षमा राम थापा ‘अनिल’को उम्मेदवारी किन ?

एनआरएनए जापानको उपाध्यक्षमा राम थापा ‘अनिल’को उम्मेदवारी किन ?

जापान । गैर आवासीय नेपाली संघ जापानको आगामी नेतृत्वको लागि राम थापा अनिलले उपाध्यक्षमा उम्मेदवारी घोषण गरेका छन् । हाल एनआरएनए जापानको युवा संयोजक रहेका थापाले आगामी कार्यकालका लागि उम्मेदवारी दिएका हुन् । 

सन् २०१५–१७ मा एनआरएनए जापानको केन्द्रीय सदस्यमा निर्वाचित भएका थापा ०१७–०१९ मा सह–कोषाध्यक्ष रहेका थिए । उनी अहिले युवा संयोजक छन् । 

बागलुङ गलकोटमा जन्मिएर चितवनमा हुर्केका थापा सधैँ संस्थामा आर्थिक पारदर्शिता र संस्थागत एकताका विषयमा आवाज उठाइरहेका छन् । उनले भने ‘नेपालीका लागि नेपाली भन्ने नारामा म कटिबद्ध छु ।’ उनले सबै जापानबासी नेपालीलाई थप एकताबद्ध बनाएर अहिले देखिएको विवाद अपारदर्शितालाई हटाउन आगामी कार्यकालमा डटेर लाग्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend