२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राप्ती राजमार्गमा जिप दुर्घटना: चालकको मृत्यु, बालक र महिलासहित तीन घाइते

बुधवार , माघ २८, २०८२

दाङ । रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमध्ये एक बालक र दुई महिला छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट