२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञाः ५ जनाभन्दा बढी भेला हुन रोक

बिहिवार , माघ २९, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह तथा राजनीतिक दलहरूले सूचना सार्वजनिक गरेपछि स्थानीय प्रशासनले उक्त निर्णय गरेको हो।

प्रशासनले बिहीबारदेखि लागू हुने गरी विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने जनाएको छ।

विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तरराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत सम्पूर्ण विमानस्थल हाताभित्र निषेधाज्ञा लागू गरिएको उल्लेख छ।

विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासमा भेला भएर विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने जोखिम रहेको भन्दै निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ।

यद्यपि निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा नेपालको संविधान बमोजिम नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्ण रूपमा भेला भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक कायम रहेको प्रशासनले स्पष्ट पारेको छ।

स्थानीय प्रशासनले पूर्वजानकारी गराई गरिने विरोधका कार्यक्रमबाट समेत सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्ति असुल गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट