२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रामेछाप बस दुर्घटना: प्रशासन र पीडित पक्षबीच सहमति, आन्दोलन स्थगित

बिहिवार , माघ २९, २०८२

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको भीषण बस दुर्घटनापछि उत्पन्न तनाव मत्थर भएको छ। मृतकका आफन्त र घाइतेका परिवारले राखेका मागमा स्थानीय प्रशासन र यातायात व्यवसायीबीच सहमति भएपछि बुधबारदेखि जारी आन्दोलन स्थगित गरिएको छ।

काठमाडौँबाट ओखलढुङ्गाको पोल्थलीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो। क्षतिपूर्तिको विषयलाई लिएर आन्दोलनरत पक्ष र जिल्ला सुरक्षा समितिबीच भएको छलफलमा मृतकका परिवारलाई प्रचलित कानून बमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ। सहमतिसँगै आफन्तले शव बुझेर दाहसंस्कारका लागि लगेका छन्।

स्थानीय प्रशासनको रोहवरमा भएको वार्तामा यातायात व्यवसायीहरूले आगामी दिनमा सवारी सञ्चालन गर्दा पूर्ण जिम्मेवारी लिने र यात्रु सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। साथै, पीडित पक्षले बुझाएको माग पत्र कार्यान्वयनका लागि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने निर्णय समेत भएको छ।

मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी ७ पुरुष र ५ महिलाले ज्यान गुमाएका थिए भने ८ जना घाइते भएका थिए। घाइतेहरूको काठमाडौँ र धुलिखेलका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट