२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत हुँदै, आजै रातिदेखि अधिवेशन अन्त्य हुने

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। मध्याह्न १२ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदत, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोराबारे जानकारी गराउने कार्यसूची छ ।

साथै अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन अन्त्यसम्बन्धी सभालाई प्राप्त पत्रको व्यहोराबारे पनि जानकारी गराउनेछन् ।

राष्ट्रपतिले संविधानको धारा, ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा आज राति १२ः०० बजेदेखि लागू हुनेगरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट