काठमाडौं । मनास्लु वर्ल्ड कलेजले विशिष्ट व्यक्ति सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त विशेष समारोहमा विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको हो।

समारोहमा कलेजका विद्यार्थीहरूले विभिन्न जातजाति र संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक नृत्य, गायन र नाटकहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको अवसरमा कलेजले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा कर्मचारीहरूलाई पनि पुरस्कृत गरेको थियो।

मनास्लु वर्ल्ड कलेजले हरेक वर्ष राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्ने परम्परालाई यसपटक पनि मनास्लु विशिष्ट सम्मान २०८२ मार्फत निरन्तरता दिएको हो।
प्रतिक्रिया दिनुहोस