२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आज विश्वभर प्रणय दिवस मनाइँदै, सम्झनामा सन्त भ्यालेन्टाइनको प्रेम र बलिदान

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर प्रेमको प्रतीक मानिने भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस उत्साहका साथ मनाइँदैछ। विशेषगरी युवापुस्तामाझ लोकप्रिय यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने र मन पर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने अवसरका रूपमा लिइन्छ ।

प्रणय दिवसको सुरुवात सन् २६९ मा रोमबाट भएको मानिन्छ। तत्कालीन रोमन शासक क्लोडियसले विवाह गर्दा पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ भन्दै सैनिक र अधिकारीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइनले उक्त अन्यायपूर्ण आदेशको विरोध गर्दै लुकिछिपी सयौँ सैनिकहरूको विवाह गराइदिएका थिए ।

आफ्नो आज्ञा उल्लंघन गरेको आरोपमा शासक क्लोडियसले सन् २६९ फेब्रुअरी १४ का दिन भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएका थिए । मृत्युदण्ड पाउनुअघि उनले जेलरकी दृष्टिविहीन छोरीलाई फ्रम योर भ्यालेन्टाइन लेखिएको प्रेम पत्र र फूल उपहार पठाएका थिए। साथै, उनले आफ्नो आँखा ती दृष्टिविहीन युवतीलाई दान दिएको विश्वास गरिन्छ। सोही त्याग र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि पछिल्लो समय यो दिवस निकै चर्चित बनेको छ। आजको दिन प्रेमी–प्रेमिकाले एक–अर्कालाई रातो गुलाफ, चकलेट, र विभिन्न उपहारहरू आदानप्रदान गर्ने गर्दछन् । काठमाडौँका सडक, क्याफे र पार्कहरूमा युवायुवतीको चहलपहल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट