२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजन उत्सव आयोजना हुँदै

शनिवार , फाल्गुण २, २०८२

काठमाडौँ । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतवार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुने छ।

यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउसो २ देखि ५ बजेसम्म विशेष भजन प्रस्तुती हुने छ। उत्तम बराल र जुपिटर पौडेलसहितको भजन समूहले प्रस्तुत गर्ने भजनमा सहभागी हुँदै भजन गर्ने तथा श्रवण गर्दै सहभागीहरूले आध्यात्मिक अनुभव लिन सक्ने छन्। साँझ शिव धुनीसँगै महाआरती ग्रहण गर्ने अवसर पनि प्राप्त हुनेछ।

महाआरती ग्रहण गर्न आउने भक्तजनहरूका लागि चन्द्रागिरी केबलकारले साँझ साढे ४ बजेपछि ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ। महाशिवरात्रि एवं महाआरतीमा सहभागी हुने भक्तजनहरूको सुविधा ध्यानमा राख्दै केबलकार पनि साँझ ८ बजे सम्म सञ्चालनमा रहने छ।

चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको महिमा र धार्मिक–सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा श्रद्धालु भक्तजन र भजन संगीतप्रेमी सम्पूर्ण महानुभावहरूले महाशिवरात्रिको अलौकिक आनन्द लिन सक्नेछन्। भजन संगीत र आध्यात्मिक ऊर्जासँग भालेश्वर महादेवको दर्शन गर्दै यस वर्षको महाशिवरात्रि विशेष बनाउन चन्द्रागिरि हिल्सले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट