२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

महाशिवरात्रिः पशुपति क्षेत्रका ५ ठाउँमा पार्किङ, भीड बढे वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ। भीड बढेपछि दर्शनार्थीको सहजताका लागि मन्दिरका चारवटै ढोका खुला गरिएको छ। पशुपति क्षेत्रमा साधु–सन्तहरूको बाक्लो उपस्थिति देखिएको छ।

महाशिवरात्रिलाई लक्षित गर्दै प्रहरीले सुरक्षा तथा यातायात व्यवस्थापनका लागि विशेष योजना बनाएर कार्यान्वयन गरिरहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजा–आराधना तथा दर्शनका लागि आउने भक्तजनलाई सहज आवत–जावतको व्यवस्था मिलाइएको जनाएको छ।

दर्शनार्थीको चापका कारण आवश्यक परेमा गौशाला क्षेत्र हुँदै चक्रपथमा चल्ने सवारी साधन रोक्का गरी वैकल्पिक मार्ग प्रयोग गरिने ट्राफिक प्रहरीले जानकारी दिएको छ। चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी आवागमनलाई सकेसम्म निर्वाध राखिनेछ भने अत्यधिक भिडभाड भएमा डाइभर्सन लागू गरिने जनाइएको छ।

तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालबाहक सवारी साधनलाई आवश्यकता अनुसार निषेध गरिएको छ। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनका लागि गुहेश्वरी पारी पार्किङको व्यवस्था गरिएको छ।

गौशाला चोकमा अत्यधिक भीड भई सवारी सञ्चालन असहज भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर–मैतिदेवी मोड, रातोपुल र सिफल चौर हुँदै वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिने ट्राफिकको योजना छ।

यस्तो छ पार्किङको व्यवस्था

१. सिफल चौर – दर्शनार्थी, पासवाहक तथा सुरक्षाकर्मीका सवारी साधन

२. गुहेश्वरी पारी – तीर्थयात्री र दर्शनार्थीका सवारी साधन

३. पशुपति विकास कोष कार्यालयरभण्डारखाल – पासवाहक सवारी साधन

४. तिलगंगा आँखा अस्पताल र करिडोर – तीर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी साधन

५. वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी साधन

६. प्रहरी वृत्त गौशाला – पासवाहक तथा सरकारी सवारी साधन

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट