२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

काठमाडौँका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा मतदाता शिक्षा प्रारम्भ भएको छ । जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एक जना स्वयंसेवक परिचालन गरेको छ ।

उक्त कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार यही फागुन १७ गतेसम्म सञ्चालन गरिने छ । स्वयंसेवकहरू प्रत्येक मतादाताका घरआँगनमा पुगेर सही ढङ्गले मतदान गर्न सिकाउने छन् ।

आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट