२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नगर प्रमुख श्रेष्ठले भनेः नवलपरासीमा विकास चाहने हो भने विनोद चौधरी निर्विकल्प उम्मेदवार

सोमवार , फाल्गुण ४, २०८२

नवलपरासी पश्चिम । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीका कारण पश्चिम नवलपरासीमा विकासको गति बढेको बताएका छन् । बर्दघाटमा आयोजित एक कार्यक्रममा प्रमुख श्रेष्ठले उम्मेदवार चौधरीका कारण नै पश्चिम नवलपरासीमा विकासको गति बढेको भन्दै प्रशंसा गरेका हुन् ।

स्थानीय नेताहरुको अवरोधका कारण पनि निर्वतमान सांसद एवं नवलपरासी क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार चौधरीका कारण बर्दघाट नगरपालिकाको चिसापानीमा ट्रमा सेन्टर स्थापना भएर निर्माणको क्रममा रहेको उनको भनाइ छ ।

संघीय सरकारको करिब १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टर चौधरीका कारण नै निर्माण भैरहेको उनको दाबी छ । उनले काठमाडौँ बाहिर निर्माण हुन लागेको पहिलो ट्रमा सेन्टरको निर्माणले पश्चिम नवलपरासीको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने दाबी गरे । उक्त ट्रमा सेन्टरले बर्दघाट नगरको मात्र नभएर पश्चिम नवलपरासीमै गौरव बढाएको बताए ।

उनले भने, “नगर कुरा मात्र नभएर जिल्लाकै गौरवको कुरा ट्रमा सेन्टर चानचुने कुराले आएको हैन । यो यहाँ नआओस् भनेर यहीँ कै नेताहरुले चलखेल भैरहेको बेला यदि पूर्व माननीय विनोद चौधरी हुनुहुन्थेन भने यो ट्रमा सेन्टरको निर्माण कार्य संभव थिएन ।”

यस्तै, प्रमुख श्रेष्ठले खजुरा पुल निर्माण हुन नदिनका लागि ठूलो राजनीतिक चलखेल भए पनि विनोद चौधरीकै कारण ब्यक्तिगत बैंक बाट ऋण पत्याइदिएर ठेकेदारलाई काम गराउन सफल भएको बताए । हाल ढलान प्रक्रियामा रहेको र आगामी निर्वाचनसम्म काम सम्पन्न हुने उनको भनाइ छ ।

यस्तै उनले दुम्किबाससम्म पुर्याउने लक्ष्यका साथ बनिरहेको वैकल्पिक सडकका लागि विनोद चौधरीले १० करोड बजेट ल्याउने विश्वास दिलाएको स्मरण गर्दै चौधरीको क्षेत्रमा बजेट नजाओस् भनेर स्थानीय केही व्यक्तिहरू डेलिगेसन गएको गुनासो गरे ।

उनले आगामी निर्वाचनमा पनि यदि विकास चाहने हो भने चौधरीजस्तो उम्मेदवार विजयी भएर आउनु पर्नेमा जोड दिए । उनले चौधरी विकासका लागि निर्विकल्प नेता भएकोसमेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट