२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनको अनुमति

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रहरीलाई आवश्यक म्याद स्वीकृत गरेका हुन्।

प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरका साथै अफवाह फैलाएको आरोपमा अनुसन्धान अघि बढाएको छ। प्रहरी प्रवक्ता पवन भट्टराईले जिल्ला प्रशासन कार्यालयबाट आवश्यक म्याद लिइएको जानकारी दिए ।

नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए।

प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चितकालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट