२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको शुभकामना, आपसी सद्भाव र बन्धुत्वको प्रतीक भएको भनाइ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्व–उत्सवले समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।

शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार २०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गरेका छन् । उनले ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता र आपसी सद्भाव बढाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पा समुदायसहित महायान बौद्ध धर्मावलम्बी समुदायले चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने परम्परा छ। यस अवसरमा विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गरिन्छ ।

पर्वका क्रममा शेर्पा समुदायले आफ्ना गाउँघर तथा टोलका बाटोघाटो र पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाइएका परिकार गुथुक र खाप्सेजस्ता परिकार सामूहिक रूपमा खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट