२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विश्वभर युट्युब सेवा ठप्प: नेपालसहित लाखौँ प्रयोगकर्ता प्रभावित, कम्पनीद्वारा क्षमायाचना

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । विश्वकै ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबको सेवा मंगलबार रातिदेखि विश्वभर अचानक अवरुद्ध भएको छ । प्राविधिक समस्याका कारण नेपालसहित विश्वका विभिन्न देशमा युट्युब चल्न छाडेपछि लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन् ।

अनलाइन आउटेज ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार समस्या सुरु भएको केही मिनेटभित्रै विश्वभरबाट २ लाख ८० हजारभन्दा बढी प्रयोगकर्ताले उजुरी दर्ता गराएका थिए । मुख्यगरी मोबाइल एपमा समस्या देखिए पनि डेस्कटप र युट्युब टिभी प्रयोगकर्ताले समेत अवरोध झेल्नुपरेको छ । अमेरिकाका न्युयोर्क, वासिङ्टन र लस एन्जलस जस्ता ठूला सहरहरूमा यसको प्रभाव सबैभन्दा बढी देखिएको रिपोर्टमा उल्लेख छ ।

युट्युब खोल्दा स्क्रिनमा केही नदेखिने वा केही खराबी भन्ने सन्देश मात्र देखिने गरेको छ। युट्युब अवरुद्ध भएपछि सामाजिक सञ्जाल एक्सु (ट्विटर) मा प्रयोगकर्ताहरूको प्रतिक्रियाको बाढी नै आएको छ । केहीले ठट्टा गर्दै युट्युब बिनाको समय संसारको अन्त्य जस्तो भएको बताएका छन् भने कतिपयले मनोरञ्जनको साधन एक्कासी बन्द हुँदा आक्रोश पोखेका छन् । सोही समयमा अमेरिकाका केही स्थानमा एक्स सेवा समेत केहीबेर अवरुद्ध भएको खबर आएको थियो ।

युट्युबले एक आधिकारिक विज्ञप्ति जारी गर्दै प्रयोगकर्तामा परेको असुविधाप्रति दुःख व्यक्त गरेको छ। कम्पनीले भनेको छ, हाम्रो प्राविधिक टोली समस्या समाधानका लागि सक्रियतापूर्वक लागिरहेको छ । छिट्टै सेवा सुचारु हुनेछ । यद्यपि, यो ठूलो प्राविधिक अवरोधके कारणले भएको हो भन्नेबारे कम्पनीले विस्तृत जानकारी दिएको छैन ।

प्राविधिक विज्ञहरूका अनुसार यस्तो अवस्थामा ब्राउजरको क्यास सफा गर्ने वा एप अपडेट गर्ने कोसिस गर्न सकिन्छ । तर, यो समस्या युट्युबको आफ्नै सर्भरमा देखिएकाले सेवा पूर्ण रूपमा सुचारु हुन कम्पनीकै प्राविधिक सुधार पर्खनुपर्ने देखिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट