२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रजातन्त्र दिवसमा पूर्वराजाको सन्देशः गम्भीर भएर सोच्ने समय आयो

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले गरिबी र अस्थिरता नै नेपालको प्रमुख शत्रु रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।”

एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट