जापान । गैर आवासीय नेपाली संघ जापानको आगामी नेतृत्वको लागि राम थापा अनिलले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनए जापानको युवा संयोजक रहेका थापाले आगामी कार्यकालका लागि उम्मेदवारी दिएका हुन् ।
सन् २०१५–१७ मा एनआरएनए जापानको केन्द्रीय सदस्यमा निर्वाचित भएका थापा ०१७–०१९ मा सह–कोषाध्यक्ष रहेका थिए । उनी अहिले युवा संयोजक छन् ।
बागलुङ गलकोटमा जन्मिएर चितवनमा हुर्केका थापा सधैँ संस्थामा आर्थिक पारदर्शिता र संस्थागत एकताका विषयमा आवाज उठाइरहेका छन् । उनले भने ‘नेपालीका लागि नेपाली भन्ने नारामा म कटिबद्ध छु ।’
उनले सबै जापानबासी नेपालीलाई थप एकताबद्ध बनाएर अहिले देखिएको विवाद अपारदर्शितालाई हटाउन आगामी कार्यकालमा डटेर लाग्ने प्रतिबद्धता पनि लिएका छन् ।