२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

२१औँं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

शुक्रवार , फाल्गुण ८, २०८२

गण्डकी । प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय पुगेकी छिन् ।

पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न पुगेकी विश्विद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्नेछिन् । सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ ।

दीक्षान्त समारोहमा सहभागी बनी आजै प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट