शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षमा बालकृष्ण कँडेलकाे उम्मेदवारी

गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षमा बालकृष्ण कँडेलकाे उम्मेदवारी

जापान । गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्ष पदमा बालकृष्ण कँडेल (हिमाल)ले उम्मेदवारी दिएका छन् । 

उनले पछिल्ला दिनहरूमा एनआरएनएमा देखिएका आर्थिक अनियमितता, गुटगत, दलगत, समूहगत र व्यक्तिगत प्रभावका कारण संस्थाप्रति विश्वास घटेकाेमा यसकाे सुधारका लागि काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएकाे बताएका छन् । 

कँडलले सबै प्रवासी नेपालीहरूलाई सामूहिक अपनत्व र आफ्नो पनको महशुस गराउन र विदेशमा हासिल गरेका ज्ञान सीप र पुँजी मातृभूमिमा लगानी गरी सम्बृद नेपाल निर्माण गर्न सबैमा आह्वान पनि गरेका छन् । 

कँडेल विगत २३ वर्षदेखि जापानकाे टोकियोमा बसोबास गरी व्यावसायिक रूपमा आफ्नो काम अगाडि बढाइरहेका छन् । उनी सामाजिक कार्यमा सकृय संस्था गल्कोट समाज जापानको संस्थापक सह–सचिव हुँदै हाल संरक्षकको रूपमा काम गरिरहेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend