
जापान । एनआरएनए जापानकाे महासचिव पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिएका छन् । एनआरएनए भित्रका विकृती, विसंगति र खराब कुराहरू भत्काउनका लागि र एनआरएनए जापानलाई राम्रो बनाएर लैजानका लागि महासचिव पदमा उम्मेदवारी दिएकाे श्रेष्ठले बताएका छन् ।
पछिल्लो समय एनआरएनए भन्ने बितिकै नेपाली समाजमा विश्वास गुमाएको सबैको नजरमा आर्थिक अनियमितता गर्ने गिरोहहरू आबद्ध संस्था जस्तो भान भएकोसमेत उनले उल्लेख गरेका छन् । वर्तमान प्रवक्ता समेत रहेका श्रेष्ठले आगमी दिनमा पनि संस्थालाई चुस्त, दुरुस्त, पारदर्शिता र जवाफदेहिता बनाएर अगाडी बढाउन आफ्नाे उम्मेदवारी सही भएकाे पनि बताएका छन् ।
उनले एनआरएनए भित्र रहेका बेथितिहरुको शुद्धिकरणका लागि आफ्नाे उम्मेदवारी दाबी गरेका छन् । आफूले गरेका कामकाे प्रशंसासहित नागिरकहरुले आफूलाई समर्थन गर्ने विश्वास पनि उनकाे छ । उनले भाेट गरिदिन अपिल समेत गरेका छन् ।
उनले एनआरएनएकाे कमी कमजोरी सच्चाएर विकृती र विसंगतिको अन्त्य गर्नुपर्ने अहिलेकाे आवश्यकता रहेकाे पनि औँल्याएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend