सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकास्थित एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनी आज दिउँसो २ बजे पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रमा खटिएका क्रममा अचानक बेहोस भएका थिए ।
बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको हो ।
रौतहटको माधव नारायण नगरपालिका–६ का ४२ वर्षीय महतो हाल सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेवको रूपमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस