२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सिराहा–३ का उम्मेदवार अशेश्वर यादवसहित पाँच जना पक्राउ, गाडीबाट नगद बरामद

बुधवार , फाल्गुण २०, २०८२

सिराहा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का सिराहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव मौन अवधिमा नगदसहित पक्राउ परेका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाका अनुसार यादवलाई गएराति करिब साढे १२ बजे सिराहा सदरमुकाम नजिकबाट प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पिओ गाडीसहित नियन्त्रणमा लिइएको हो ।

उनको गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकमसहित यादव र अन्य चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ । पक्राउ परेका अन्य व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट