काठमाडौं । वातावरण संरक्षण र दिगो विकासको लक्ष्यलाई पछ्याउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्नो परिसरभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण रोक लगाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार मन्त्रालयलाई स्वच्छ र प्लास्टिकमुक्त बनाउने उद्देश्यले यो निर्णय लिइएको हो ।
मन्त्री विराजभक्त श्रेष्ठले यो निर्णय केवल कागजमा सीमित नरहने र यसको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी तथा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, प्लास्टिकले वातावरणमा पारेको गम्भीर असर न्यूनीकरण गर्न हामीले आफ्नै कार्यालयबाट सुधारको सुरुवात गरेका हौँ ।
मन्त्रालयको यो निर्णयलाई सामाजिक सञ्जाल र नागरिक स्तरमा समेत स्वागत गरिएको छ । यसअघि मन्त्री श्रेष्ठले आफ्नो कार्यभार सम्हाल्दा पनि फजुल खर्च कटौती र सुशासनका पक्षमा विभिन्न निर्णयहरू गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस