२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

आज २०८२ साल चैत २० गते शुक्रबार, आजको राशिफल कस्तो छ ?

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ अप्रिल ३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ। लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। आज प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। व्यापारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक अगुवासँगको सहकार्यले सफलता मिल्नेछ। विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ।

मिथुन : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रगोग गर्नु उचित हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ। राजनीतिक दलसँगको सहकार्यमा घाटा हुनेछ।

कर्कट : स्वास्थ्यमा गडबढी देखिनेछ । आज खर्च बढ्नेछ । कतैबाट अप्रिय खबर सुनेर मन दुखी हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : तपाईंले गरेका प्रयास सफल बन्नेछन्। परिवारलाई गरेको विश्वासले घाटा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

कन्या : परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले शिक्षामा जोश र जाँगर बढ्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा नाफा हुनेछ ।

तुला : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। काम तपाईंले गरे पनि फाइदा अरुले नै लिनेछन्। श्रमको मूल्य प्राप्त नहुँदा मन दुःखी बन्नेछ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्।

धनु : राजनीतिक क्षेत्रमा अप्ठेरो अवस्था आइपुग्न सक्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथीको अवरोध रहने भएकाले हरेक क्षेत्रमा सक्रिय हुनुपर्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ।

मकर : लगानीको क्षेत्रमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी शान्त रहेकाले आफ्नो काम गर्न सहज वातावारण बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : काममा मिहिनेत गर्नुपर्नेछ। परीक्षा लेखेको भए थप मिहिनेतको खाँचो देखिन्छ। खानपानमा समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट