logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • डेल्टा भेरियन्टविरुद्ध जोन्सन खोप निकै कम प्रभावकारी : अध्ययन

    डेल्टा भेरियन्टविरुद्ध जोन्सन खोप निकै कम प्रभावकारी : अध्ययन

    2.3K
    Shares

    एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप अन्य खोपको तुलनामा निकै कम प्रभावकारी रहेको पाइएको छ । यो खोप डेल्टा र लाम्बडा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी रहेको पाइएको अध्ययनले देखाएको हो ।

    यसअघि जोन्सन एण्ड जोन्सनले सानो समूहमा अनुसन्धान गरेर प्रकाशन गरेको प्रतिवेदनमा आफ्नो खोप लगाएको ८ महिनापछि पनि डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको उल्लेख गरेको थियो । तर, अहिलेको अध्ययन प्रतिवेदनले यो खोप अन्य खोपको तुलनामा कम प्रभावकारी रहेको पाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

    न्यूयोर्क टाइम्सका अनुसार प्रयोगशालामा संकलित रगतको नमूनाबाट गरिएको भएकाले आम मान्छेको ठूलो संख्यामा खोपको प्रभावकारिता फरक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । 

    जोन्सनले बनाएको खोप एक डोज मात्रै लगाए पुग्ने बताइएको छ । तर अनुसन्धानकर्ताले जोन्सन एण्ड जोन्सनको खोप लगाएकाहरूले फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउर्ने हुनसक्ने बताएका छन् । एक मात्रा लगाए पुग्ने दाबी गरिएको यो खोप १ करोड ३० लाखभन्दा बढी मानिसले लगाइसकेका छन् ।

    नेपालमा पनि अमेरिकी सरकारले १५ लाख डोज खोप अनुदानमा दिएपछि सोमबारदेखि लगाउन सुरू गरिएको छ । देशका विभिन्न खोप केन्द्रमा पहिलो चरणमा ५० देखि ५४ वर्षका नागरिकलाई यो खोप लगाउन थालिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend