२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ओखलढुङ्गामा आगलागीबाट ५७ लाख बढीको क्षति

शनिवार , चैत्र २१, २०८२

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा रु ५७ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रूपमा जलेका तथा लत्ताकपडा, भाँडावर्तन, सुनचाँदीलगायत घरमा रहेको रु १० लाख नगदसमेत खरानी भएको छ । आगलागीमा रु ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टामा आगो निभाइएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट