२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कांग्रेसले गर्यो औपचारिक रुपमा पार्टीको १५ महाधिवेशनको प्रक्रिया सुरु

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रुपमा पार्टीको १५ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा पूर्वनिर्धारित तालिका अनुसार १५औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै औपचारिक रुपमा महाधिवेशनको प्रक्रिया सुरु भएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले चैत्र २१ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गर्ने गरि कार्यतालिका पारित गरेको थियो ।

महाधिवेशनको तयारीसँगै सांगठनिक बिषय, नागरिकसंग निर्वाचनको समिक्षा र सामाजिक गतिविधिहरुलाई समेत एकैसाथ जोडेर अघि बढाउनका लागि प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको महामन्त्री पौडेलले बताए ।

७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरुले आगामी बैशाख महिनाभरी सम्बन्धीत जिल्लामा पार्टीको सदस्यता बितरण अभियानलाई व्यवस्थीत गर्ने, पुराना सदस्यतालाई अद्यावधीक गर्ने उनले जानकारी दिए ।

उनले वैशाख महिनाभित्र सदस्यता अद्यावधिक गर्दा कांग्रेस आइडी प्राप्त हुने स्थिति बनाएको र आइडी प्राप्त नभएका व्यक्ति आगामी महाधिवेशनमा सहभागी हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट