२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ हुने

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२ औँ नम्बरमा सूचीबद्ध गरिएको छ ।

यसअघि चैत १ गते पेसी चढे पनि पालो नआएर सुनुवाइ सरेको थियो । त्यस बेला रिट दायरकर्ता पूर्वउपसभापति पूर्णबहादुर खड्का बहसका लागि अदालत पुगेका थिए ।

आज दुवै पक्षका कांग्रेस नेताहरु अदालतमा भेट हुने अपेक्षा गरिएको छ । उपसभापति विश्वप्रकाश शर्मा पनि बहसका लागि सर्वोच्च जाने कार्यक्रम रहेको छ ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि निर्वाचन आयोगले त्यसको मान्यता दिएको थियो । यस निर्णयको विपक्षमा रहेर खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट