काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो पार्टीको दावी गरेको बताएका छन् ।
आइतबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले उपसभामुखमा आफ्नो पार्टीको दावी रहेको भन्दै यसका लागि अन्य दलहरुसँग छलफल भइरहेको समेत बताए ।
त्यस्तै उनले अहिले जनअपेक्षा अनुसार स्थायीत्व प्राप्त भएको भन्दै राम्रा कामका लागि वर्तमान सरकारलाई सहयोग हुने बताए । आफुहरु आलोचनाको लागि आलोचना गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।
त्यस्तै नेता पुनले नवनिर्वाचित सभामुख परिपक्व राजनीतिज्ञ भएकाले संसदलाई राम्रो ढङ्गले सञ्चालन गर्नेमा विश्वस्त रहेको बताए ।
प्रतिक्रिया दिनुहोस