२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी छन् ।

आइतबार उपाध्यक्ष पदको उम्मेदवारीको प्रस्ताव दर्ताको समयभित्र भण्डारीको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएकी हुन् । भण्डारीको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन् ।

चैत्र २३ गते सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट