२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सभामुखको काम कर्तव्य अधिकार राम्रोसँग बुझेको छु, त्यसैअनुसार काम गर्छु : सभामुख अर्याल

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदबहाली गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका हुन् ।

पदबहालीका लागि संसद सचिवालयमा पुग्दा सभामुख अर्याललाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायतका कर्मचारीहरुले स्वागत गरेका थिए । पद बहालीपछि नवनिर्वाचित सभामुख अर्यालले सभामुखको काम कर्तव्य अधिकार तटस्थ रहनुपर्ने निष्पक्ष हुनुपर्ने आफुले राम्रोसँग बुझेको भन्दै त्यसैअनुसार काम गर्ने बताए ।

उनले यसपटकको बलियो प्रतिपक्ष भनेको नै जनता भएकाले जनताका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने धारणा राखे । त्यस्तै उनले सदन भनेको विशेषतँ प्रतिपक्षेकै हुनुपर्छ भन्ने आफुले राम्रो संग बुझेको समेत उल्लेख गरे ।

सभामुख अर्यालले कानून बनाउने कुरामा अग्रसर भएर लाग्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट