२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रोवा गाउँमा प्रहरी पोस्ट सञ्चालन, स्थानीयले पाए नजिकै सुरक्षा सेवा

आइतवार , चैत्र २२, २०८२

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ११ अन्तर्गत पर्ने दुर्गम रोवा गाउँमा अन्ततः प्रहरी पोस्ट सञ्चालनमा आएको छ। लामो समयदेखि सुरक्षा निकायको पहुँच बाहिर रहेको यस क्षेत्रका बासिन्दाले अब नजिकमै प्रहरी सेवा पाउने भएका छन्।

स्थानीय स्तरमा बढ्दो सुरक्षा चुनौती, चोरी–डकैती तथा सामाजिक विवाद नियन्त्रणका लागि प्रहरी पोस्ट आवश्यक रहेको भन्दै स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएका थिए। सामाजिक अभियन्ता अनिल बाँनिया को पहलमा सरकारबाट प्रहरी पोस्ट स्वीकृत भई सञ्चालनमा आएको हो।

प्रहरी पोस्ट स्थापना भएसँगै अब शान्ति सुरक्षा कायम गर्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा विपद्का बेला तत्काल उद्धार तथा सहयोग पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीयमा सुरक्षाको अनुभूति बढ्नुका साथै सरकारी उपस्थितिलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ।

स्थानीय स्तरमै अस्थायी प्रहरी पोस्ट स्थापना भएपछि रोवा, सोभा, र्याङ्चेकाटी, लुम्स, चराप, गाँडापानी, झाकोट, तलिलेक, लुहारपोल्ना, घट्टललेक लगायत करिब एक दर्जन बस्तीहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

प्रहरी पोस्ट औपचारिक रूपमा सञ्चालन गर्न नगर प्रमुख बिष्णु कुमार भाम उपप्रमुख ऐश्वर्य मल्ल , प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, प्रहरी नायब उपरीक्षक रबिराज थपलिया तथा वडा अध्यक्ष कुन्जुमा कुमाईले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

स्थानीयवासीले प्रहरी पोस्ट सञ्चालनमा आएकोप्रति खुशी व्यक्त गर्दै यसले गाउँको सुशासन र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छन्। साथै, जनताको सुरक्षाका लागि प्रहरी पोस्ट स्वीकृत गराउन पहल गर्ने सामाजिक अभियन्ता अनिल बाँनियाँप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट