२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री गुरुङले भनेः म आफैं ठगिएको हुँ, ममाथि अन्याय भयो

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । पोखराको फेवाताल किनारको मापदण्डभित्र पर्ने जग्गा विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले आफू सो प्रकरणमा पीडित भएको दाबी गरेका छन् । जग्गाधनीले तथ्य लुकाएर आफूलाई जग्गा लिजमा दिएको भन्दै उनले अब कानुनी उपचार खोज्ने बताएका हुन् ।

एउटा युवा उद्यमीको रूपमा मेरो सपना र लगानीमाथि खेलबाड भएको छ । यो अन्याय विरुद्ध म कानुनी प्रक्रियामा जान्छु, मन्त्री गुरुङको भनाइ छ।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यो विषयलाई लिएर गृहमन्त्रीको कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा साम्पाङले गृहमन्त्रीको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गरेका छन् ।

यो नैतिकताको सवाल हो । गृहमन्त्रीज्यू, तत्काल पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउनुस् । जवाफ नदिए जनताले विश्वास गर्दैनन् र प्रहरीले समेत तपाईंलाई टेर्न छोड्नेछ।

गुरुङलाई जग्गा भाडामा दिने धनीले भने आफूले गत ५ वर्षदेखि भाडा समेत नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट