२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नयाँ प्रतिनिधिसभा नियमावली बनाउने सर्वदलीय बैठकको निर्णय

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरेर नयाँ बनाउने निर्णय गरेको हो । यसका लागि नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका सांसद गुरु बरालले जानकारी दिए ।

त्यस्तै बैठकले संसद्को कामकारबाहीलाई डिजिटल बनाउँदै लैजाने र तत्काललाई कागज र डिजिटल दुवैको प्रयोग गर्ने निर्णय गरेको छ भने सवै दलको प्रभावकारी प्रतिनिधित्व रहने गरि २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाइने बरालले बताए ।

उनले संविधानको प्रयोगमा देखिएको चुनौतीहरूको विषयमा एमालेले सदनमार्फत आवाज उठाउने बताए । कानुनको परिपालनाको विषयमा कुनै विवाद नगर्ने भन्दै उनले विधिको शासनमाथि प्रश्न उठे प्रतिपक्षीको हैसियतले आवाज बुलन्द गर्ने धारणा राखे ।

त्यस्तै एमाले सांसद बरालले सरकार संविधान र कानूनभन्दा बाहिर गएर सदनबाट प्रतिवाद गर्ने समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट