२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै ओली र लेखकलाई तत्काल रिहा गर्न सांसद महरको माग

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै तत्काल ओली र लेखकलाई बिना शर्त रिहाइको माग गरेका हुन् ।

उनले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पक्राउ पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको उल्लेख गरे । लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने भन्दै सांसद महरले विधि शासनको स्थापना गर्नका निमित्त सवैलाई समान खालको व्यवहार हुनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरे ।

उनले विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलन र व्यवस्थाका मूल मर्म भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट